"सबैका लागि खेलकुद"
Est. 2010
जनताको बहुदलीय जनवादका प्रतिपादक, दूरदृष्टि सम्पन्न राजनीतिज्ञ तथा सच्चा राष्ट्रभक्त जननेता मदन भण्डारीको स्मृतिमा समर्पित संस्था हो, मदन भण्डारी स्पोट्र्स एकेडेमी ।
उहाँको विचार, सिद्धान्त, दर्शन र नेपाली समाजप्रतिको निःस्वार्थ समर्पणबाट प्रेरणा लिएर नेपाली खेलकुद क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने उद्देश्यका साथ संस्था दर्ता ऐन २०३४ बमोजिम मदन भण्डारी स्पोट्र्स एकेडेमी स्थापना गरिएको हो ।
२०६६ साल पौष १६ गते, काठमाडौंमा आयोजित विशेष समारोहमार्फत नेकपा एमालेका प्रभावशाली नेता तथा हालका अध्यक्ष एवं प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको संरक्षण र प्रेरणामा एकेडेमीको औपचारिक घोषणा गरियो । सो अवसरमा रमेश कुमार सिलवाल संस्थापक अध्यक्षको रूपमा चयन हुनुभयो ।
२०७२ साल बैशाख १० गते बिनोदकुमार श्रेष्ठ चुनिनुभयो । २०७८ पौष १७ गते, ध्रुव आचार्यको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरियो, जसले नीति निर्माण, साङ्गठनिक पुनरावलोकन, र अधिवेशन तयारी लगायतमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसैको सकृयतामा, २०७८ फागुन ८ गते सम्पन्न अधिवेशनबाट ध्रुव आचार्य अध्यक्षमा चयन हुनुभयो ।
ध्रुव आचार्यको नेतृत्वमा एकेडेमीले उल्लेखनीय प्रगति गरेको छ । सातवटै प्रदेशमा सशक्त सङ्गठनात्मक उपस्थिति कायम राख्दै, ५५ वटा जिल्ला समिति र ४७६ वटा पालिका समिति गठन गरिसकेको छ । यी संरचनाहरूले स्थानीय तहमा खेलकुद गतिविधि सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
एकेडेमीको कार्य सङ्गठन विस्तारमै सीमित छैन । यसले विद्यालय, क्याम्प, पालिका र प्रदेश तहमा प्रशिक्षण, प्रतियोगिता तथा खेलकुद प्रवद्र्धनका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले युवामा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र राष्ट्रिय भावनाको विकासमा टेवा पु¥याएका छन् ।
महिला सशक्तीकरण र समावेशी खेलकुद विकासमा पनि एकेडेमीले विशेष ध्यान दिएको छ । महिला खेलाडीहरूको सहभागिता र सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनु यसैको प्रतिफल हो । हरेक उमेर समूह लाभान्वित हुने ऐतिहासिक गतिविधिहरू भइरहेका छन् ।
साथै, शिक्षा, स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै एकेडेमीले सक्रिय जीवनशैलीको प्रवद्र्धन, सामाजिक समावेशीकरण र आर्थिक अवसरहरूको सिर्जनामा समेत योगदान पु¥याइरहेको छ ।
एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूसँग सहकार्य गरी नेपाली खेलकुदलाई विश्वमञ्चमा प्रस्तुत गर्ने प्रयत्न गरिरहेको छ । विभिन्न प्रकारका खेल विधाहरूको प्रतियोगिता, प्रशिक्षण क्याम्प, अन्तरदेशीय आदान–प्रदान कार्यक्रम तथा अवलोकन भ्रमणमार्फत खेलाडी, प्रशिक्षक र पदाधिकारीको क्षमतामा उल्लेखनीय वृद्धि हुँदै गएको छ ।
यस संस्थाले युवाको क्षमता अभिवृद्धि र उनीहरूलाई सकारात्मक ऊर्जा दिँदै राष्ट्र निर्माणमा योगदान दिने उद्देश्य राखेको छ । ग्रामीण भेगका प्रतिभावान तर अवसरविहीन युवाहरूसमक्ष पहुँच बनाउँदै उनीहरूलाई खेलकुदमार्फत जीवन परिवर्तनको अवसर प्रदान गर्नु एकेडेमीको दीर्घकालीन लक्ष्य हो ।
एकेडेमीले नेपाली खेलकुदको भविष्य उज्यालो बनाउन रणनीतिक योजना बनाउँदै आएको छ । यसमा खेलकुद पूर्वाधार निर्माण, प्राविधिक जनशक्ति उत्पादन, खेल सामग्रीको पहुँच र खेल विज्ञानमा आधारित कार्यक्रमहरूको प्रवद्र्धन समावेश छन् । खेलकुदलाई व्यावसायिक बनाउने दिशामा पनि एकेडेमीले योजनाहरू सुरु गरिसकेको छ । यसले खेलकुदलाई रोजगारको स्रोत र युवा सशक्तीकरणको माध्यमका रूपमा स्थापित गर्ने दिगो सोच बोकेको छ ।
बालबालिका तथा किशोर–किशोरी लक्षित कार्यक्रमहरू, विद्यालय स्तरीय प्रतियोगिता, महिला नेतृत्व विकास तालिम, अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी खेल योजना र बहुसांस्कृतिक खेल मेलाहरू यस संस्थाको गतिशील कार्यक्रमहरूमध्ये पर्छन् ।
एकेडेमीले समयानुकूल सूचना प्रविधिको प्रयोग गर्दै प्रशिक्षण र व्यवस्थापन प्रणालीलाई डिजिटलरूपमा रूपान्तरण गर्ने कार्य पनि अघि बढाएको छ । खेलकुद सम्बन्धी डाटा बैंक, अनलाइन प्रशिक्षण प्लेटफर्म र मोबाइल एप विकासका माध्यमबाट आधुनिक प्रविधि र पारदर्शिता सुनिश्चित गर्ने दिशामा पनि अगाडि बढिरहेको छ ।
यस्ता समावेशी, सशक्त र रणनीतिक गतिविधिहरूका कारण मदन भण्डारी स्पोट्र्स एकेडेमी अब केवल खेलकुद संस्था मात्र नभएर सामाजिक रूपान्तरणको प्रेरणादायी अभियान बन्न पुगेको छ ।
जननेता मदन भण्डारीको आदर्श, त्याग र समर्पणबाट प्रेरित मदन भण्डारी स्पोट्र्स एकेडेमी आज राष्ट्रिय खेलकुदको विकास र सशक्तीकरणको अग्रणी संस्था बनिसकेको छ । सामाजिक रूपान्तरण र राष्ट्र निर्माणको अभियानमा खेलकुदलाई माध्यम बनाएर यो संस्था दिगो परिवर्तन र सकारात्मक भविष्यको बाटो खोलिरहेको छ ।
नेपालमा खेलकुद उत्कृष्टतालाई बढावा दिन र विकास गर्न, विश्वस्तरीय प्रशिक्षण, सुविधाहरू र अवसरहरू प्रदान गरेर एथलीटहरूले आफ्नो पूर्ण क्षमता हासिल गर्न र राष्ट्रको प्रतिनिधित्व गर्न।
दक्षिण एसियामा अग्रणी खेलकुद अकादमी बन्न, विश्वस्तरीय एथलीटहरू उत्पादन गर्न र नेपालमा खेलकुद संस्कृतिको वृद्धिमा योगदान पुर्याउने रूपमा मान्यता प्राप्त गर्न।
विश्वस्तरीय प्रशिक्षण कार्यक्रम र सुविधाहरू
अनुभवी र प्रमाणित प्रशिक्षण स्टाफ
सफलताको प्रमाणित ट्र्याक रेकर्ड
समग्र एथलीट विकास कार्यक्रम